
काठमाडौँ – सर्वोच्च शिखर सगरमाथामा थुप्रिएको फोहर सङ्कलन गर्ने क्रममा दुईवटा मानव कङ्काल भेटिएका छन्। नेपाली सेनाको नेतृत्वमा सञ्चालन गरिएको सफा हिमाल अभियान-२०२२ को क्रममा मानव कंकाल फेला परेको नेपाली सेनाले जनाएको छ।
हिमाल सफा अभियानका क्रममा फेला परेका मानव कंकाल स्थानीय निकायको रोहवरमा प्रहरीलाई बुझाइएको नेपाली सेनाले सेनाले जनाएको छ। सगरमाथा आरोहणका क्रममा हालसम्म ३१५ जना आरोही तथा तीनका सहयोगी बेपत्ता भएको अनुमान गरिएको छ।














