एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

padma

काठमाण्डाै – चीनमा आयोजना हुने १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ ।

Shikhar Dental

आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ । आजदेखि सुरु हुने प्रशिक्षणका लागि राखेपले हिजो ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको थियो ।

नेपालबाट एसियन खेलमा २३ वटा खेलको सहभागिता रहने निर्णय भएको छ । तर, एसियन खेल भने स्थगित भइसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा नभए पनि राखेपले बन्द प्रशिक्षण आजदेखि थाल्ने भएको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.