अछाममा किशोर मृत्यु प्रकरणः जाहेरीपछि मात्रै शव पोस्टमार्टम गर्न दिने पीडितको अडान

Image
maya metro

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको शव पोष्टमार्टमका लागि सदरमुकाम लगिएको छ।

शव जिल्ला अस्पताल पुर्‍याए पनि पोस्टमार्टमको प्रक्रिया भने सुरु भएको छैन । पीडितका आफन्तले किटानी जाहेरी दर्ता भएपछि मात्रै पोस्टमार्टम गर्न दिने अडान राखेपछी पोस्टमार्टम रोकिएको हो ।

nisarga

पीडित पक्ष किटानी जाहेरी दर्ताको माग गर्दै प्रहरी प्रशासनमा गएका छन् । जिल्ला अस्पताल अछामकी मेडिकल सुपरिटेन्डेन्ट डा सोनाली बास्कोटाले पोस्टमार्टम गर्नका लागि आधिकारिक जानकारी नआएको र पीडित पक्षले पोस्टमार्टम कक्षभित्र पनि शव राख्न नमानेको बताइन् ।

उनका अनुसार मृतक शाहीको शव जिल्ला अस्पताल परिसरमा ट्याक्टरमै राखिएको छ । अहिले जिल्ला अस्पताल मंगलसेन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ ।

जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्दपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए। मध्य पहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भिरको खोँचमा उनको शव फेला परेको थियो। मृतक किशोरका आफन्तले काँग्रेसको योजना अनुसार हत्या भएको आरोप लगाएका छन्। निर्वाचनका क्रममा शाही एमालेको प्रचारमा सक्रिय थिए। सोही कारण उनको हत्या भएको आरोप आफन्तले लगाएका छन्।