
अछाम – पसलमा सुतीरहेका बेला आगलागी हुँदा अछाममा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ नेटाकोटका ५० वर्षीय नरबहादुर साउँदको मृत्यु भएको हो।

सोमबार राति स्थानिय केशर साउँदको पसलमा सुतिरहेका बेला आगलागी हुदाँ उनका मृत्यु भएको हो।
पसलमा राती करिव २ बजे आगलागी भएको स्थानीयले बताएका छन्।
मृतकको शव पोष्ट मार्टमको लागि जिल्ला सदरमुकाम मंगलसैन ल्याइएको प्रहरीले जनाएको छ ।















