बुढीगंगा नगरपालिकामा असार २३ गते पुन: निर्वाचन हुने

Image
maya metro

बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने भएको छ । विहीबार विभिन्न ६ राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको सहभागितामा उक्त मिति तय भएको हो।  वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो।

वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुबै पक्षबाट धाँधली भएको भन्दै निर्वाचन आयोगले पालिकाभरिकै निर्वाचन बदर गरेको थियो । नेकपा एमालेले मतगणना गर्नुपर्ने अडान राखेको थियो। सर्वोच्च र उच्च अदालतमा मुद्दा दायर गरेको थियो । तर, विभिन्न दलका स्थानीय नेताहरुले फेरि निर्वाचन गर्ने आयोगको निर्णय कार्यान्वयन गर्ने सहमति जुटाएका हुन् ।

nisarga

दुईटा बुथमा कांग्रेसले धाँधली गरेको एमालेको आरोप थियो भने चारवटामा एमालेले धाँधली गरेको कांग्रेसको आरोप थियो।