आन्तरीक पर्यटकको रोजाईमा महेन्द्रनगरको पोखरी कटेज

Image
maya metro

अत्तरिया – कञ्चनपुरको वेदकोट नगरपालीका वडा नम्बर ७ मा रहेको पोखरी कटेज पछील्लो समय आन्तरीक पर्यटकको रोजाईमा पर्ने गरेको छ । कटेज स्थल वरपर फरक व्यवस्थापन सहित आर्कषक दृश्यहरु निर्माण गरीएपछी पोखरी कटेज आन्तरीक पर्यटकको रोजाईमा पर्न थालेको हो । महेन्द्रनगर बजार नजीकै वेदकोट नगरपालीका वडा नम्बर ७ को सुडा बजारबाट एक सय मिटर दक्षीणतर्फ अवस्थीत उत्त कटेजमा अहिले दैनीक आठ सय भन्दा बढी व्यत्तिहरु पस्ने गरेका छन् ।

nisarga

सुदूरपश्चिमका पहाडी जिल्ला,कैलाली तथा कञ्चनपुरकासाथै लुम्बीनी प्रदेशको बर्दीयाबाट समेत पर्यटकहरु पोखरी कटेज घुम्नकालागी पुग्ने गरेका छन् । कटेजको मुख्य आकर्षणको रुपमा मिनी झरना र राना महिलाको मुर्ती रहेको कटेजका संचालक कृष्ण रानाले बताए । २०७३ सालमा एउटा रेष्टुरेन्टबाट सुरु गरीएको पोखरी कटेजमा ग्राहकको आवश्यकता र चाहना महसुुुस गर्दै अहिलेको अवस्थासम्म पुर्याएको रानाले बताए ।

अहिले अढाइ बिघा जमीनमा फैलीएको उत्त कटेजमा मिनी झरना,राना पहिरन सहितको महिलाको मुर्ती ओटा थारु समुदायले प्रयोग गर्दै आएको लढीया, माछा पोखरी हेर्न सकिन्छ भने ७० ओटा खानाका परीकार पाइन्छन् । कटेजका धेरै संरचनाहरु बन्न बाँकी नै रहेको रानाले बताए । पहाडी तथा थारु समुदायका महिलाको मुर्ती,राना भोजनालय,स्टेज,स्वीमिङ पुल,बालबालीकाहरुका लागी प्लेग्राउन्ड,लज,होमस्टे,पार्टी प्यालेस,थप केहि रेष्टुरेन्ट लगायतका संरचनाहरुको स्टमेट गरीसकेको र निर्माण छिटै सुरु गर्छौँ रानाले भने “ भविष्यमा कटेजलाई साढे चार विघामा फैलीने गरी संरचना तयार पार्ने योजना छ ।”

उनले कुखुरा पालन,बायोफ्लग प्रविधीबाट माछा पालन समेत कटेज भित्रै गरेका छन् । केहि कृषी फर्महरु निर्माणधिन अवस्थामै छन् । कुक,सर्भिस,गार्डेन,अकाउन्ट,सेक्युरेटी लगायत गरी ४८ गरी कर्मचारी छन् । यतिका व्यत्तिले स्थानीय स्तरमै रोजगारी पाँउदा समेत स्थानीय सरकाले राती १० बजेभन्दा पछी कटेज संचालन गर्न नदीएको उनले गुनासो गरे ।

समुदायलाई बाधा पुग्ने ठाँउमा कटेज भए त छिटो बन्द गर्न लगाउनु ठिकै हो रानाले भने “दिँउसोभरी व्यस्त रहने मानीसहरु साँझ खाना लिने गरी परिवार सहित केहि समय बिताउन आउनु हुन्छ तर १० बजे बाध्यताबस जबरजस्ती कटेज बन्द गर्नुपर्छ,जस्का कारण हामीलाई अत्ठ्यारो र ग्राहकलाई असहज भएको छ ।”