
काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् ।
हिजो भएकाे चुनावमा कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै नेम्वाङ विजयी भएका हुन् । नेम्वाङले ४५, शेर्पाले ३९ र स्वतन्त्र उम्मेदवार राजिव पाैडेलले एक मत पनि पाएनन् ।

नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष थिय । चुनावमा ८४ मत खसेकाे थियाे ।































