बैतडीमा कालाजारबाट एकको मृत्यु

बैतडी – बैतडीमा कालाजारबाट एक जनाको मृत्यु भएको छ।
चालु आर्थिक बर्षको अहिले सम्म जिल्लाका विभिन्न स्थानका ८ जनामा कालाजार देखिएको र कालाजारबाट एकजनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।



अहिले सम्म दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका २ जना, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकाका एक÷एक जनामा कालाजार देखिएको स्वास्थ्य प्रमुख भट्टले बताए ।
कालाजार देखिएका मध्ये शिवनाथका एकजनाको केही महिना पहिला मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कालाजार एक प्रकारको भुसुनाको टोकाइबाट सर्ने भएकाले व्यक्तिगत र वातारणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
