
काठमाडौं – महिला साफ च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ। च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ।
बंगगलादेशको राजधानी ढाकामा शनिवार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए। प्रस्ताव समितिले अनुमोदन गरेको हो। एन्फाका महासचिव किरण राईले तोकिएको मितिदेखि प्रतियोगिता आयोजना गर्नका लागि पेश गरेपछि साफ कार्यकारी समितिले प्रस्तावित मिति पनि स्वीकृत भएको हो।
च्याम्पियनसिपको प्रस्तावित मितिबारे महासचिव राई, पूर्व सीओ सदस्य विकासनारायण श्रेष्ठ र न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशीबीच छलफल भएको थियो।
यसअघि नेपालमा पाँचौँ महिला साफ आयोजना भएको थियो। विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
















