पहिरोले अवरुद्ध दशरथ चन्द राजमार्ग पूर्ण रूपमा सञ्चालन

Image
maya metro

बैतडी – पहिरोले अवरुद्ध दशरथ चन्द राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। राजमार्गको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि भएको आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको डोजरले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो। बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले राजमार्ग सोमबार बिहान ४ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको जानकारी दिए।

nisarga

राति ९ बजे एकतर्फी सञ्चालनमा आएको भएपनि पूर्ण रूपमा भने आज बिहान मात्रै खुलेको हो। हाललाई सडक सञ्चालनमा आए पनि पानी परेपछि उक्त स्थानमा पहिरो खस्ने सम्भावना कायमै रहेको जोशीले जानकारी दिए।