बैतडीको डिलासैनी गाउँपालिकाले करारमा कार्यरत कर्मचारी हटाउने

Image
siga
maya metro

बैतडी – जिल्लाको डिलासैनी गाउँपालिकाले करारमा कार्यरत कर्मचारी हटाउने भएको छ। गाउँपालिकाले साउन १ देखि करारका कर्मचारी र शिक्षकको करार अवधि नथप्ने निर्णय गरेको हो।

विस २०७८ पुसयता नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकहरुलाई साउन १ गतेदेखि काममा नआउन भनिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।

nisarga

अन्धाधुन्ध रुपमा पूर्ववर्ती सरकारले पालिकामा कर्मचारी र शिक्षकहरुलाई करारमा भर्ना गरेकाले पुस ३० गतेपछि नियुक्त भएकाहरुको करार अवधि साउन १ गतेबाट नथप्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए।

स्रोत सुनिश्चितता नगरी चुनावलाई लक्षित गरेर कर्मचारी भर्ना गरेकाले अहिले पनि कर्मचारीको तलबमा ७७ लाख रुपैयाँ अपुग भएको गाउँपालिकाले जनाएको छ।

यस्तै, गाउँपालिकामा पहिलादेखि नै करारमा कार्यरत अन्य कर्मचारी र शिक्षकहरुको हकमा पनि उनीहरुलाई व्यवस्थापन गर्न कार्यदल बनाइएको र कार्यदलले मूल्यांकन गरेर प्रतिवेदन बनाउने र सोही अनुसार करारका कर्मचारीहरुको व्यवस्थापन गरिने अध्यक्ष जोशीले बताए।

गाउँपालिकाले दरबन्दीका कर्मचारीहरु लोक सेवा आयोगबाट माग गर्ने नीति लिएको भन्दै अध्यक्ष जोशीले करारमा कर्मचारी राख्ने कुरालाई निरुत्साहित गरिने स्पष्ट पारे। गाउँपालिकाभरमा शिक्षक र कर्मचारी गरी कुल कति ६० जना करारका कर्मचारी छन्।