Attariya Hospital Pvt.Ltd.

बाजुराको बूढीगंगा नगरपालिकामा मतदान सुरू

padma
milan sunchadi

बाजुरा – बाजुराको बूढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो।गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो।

यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो।

मतदानका लागि सुरक्षा कडा पारिएको छ। सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।

Siddi ganesh

मतदानस्थल पिच्छे एक सय जनाभन्दा बढी सुरक्षाकर्मी खटाइएकाे छ।  १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेको बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघिको निर्वाचनका क्रममा गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै निर्वाचन आयोगको निर्देशनमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित प्रहरी र सशस्त्रका प्रमुखहरूलाई हटाएर नयाँ अधिकारीहरू पठाएको छ ।​  बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.