बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिँदै

Image
maya metro

बैतडी – बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण थालिएको छ। विपद्को समयमा सहजै हेलिकप्टर अवतरण गराउन तथा हेलिकप्टबाट उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड बनाउन थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

मनसुनको प्रभाव बढ्दै गइरहेकोले बाढी, पहिरो, चट्याङ र अन्य विपदका वेला आपतकालीन रुपमा हेलिकप्टर अवतरण गराउन सहज होस् भनेर सबै स्थानीय तहमा हेलिप्याड निर्माण थालिएको हो। केही दिनअघि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् प्रतिकार्य योजना पारित गर्दै सबै स्थानीय तहमा हेलिप्याड पनि निर्माण गर्ने निर्णय गरेको थियो।

nisarga

जिल्लाका स्थानीय तहले पनि हेलिप्याड निर्माणको तयारी थालेको जनाएका छन्।