बैतडीमा कुकुरको टोकाइबाट एकजनाको मृत्यु

बैतडी – बैतडीमा कुकुरको टोकाइबाट एकजनाको मृत्यु भएको छ । सिगास गाउँपालिका ७ मा बालकृष्ण माविका लेखापाल ३६ वर्षीय नरेन्द्र बहादुर साउँदको कुकुरको टोकाइबाट मृत्यु भएको हो ।

उनलाई तीन महिना पहिले कुकुरको टोकेको थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत मंगलबार उपचारका लागि अस्पताल लगिएको थियो । चेकजाँचका क्रममा रेबिज पुष्टि भएको र उपचारकै क्रममा मृत्यु भएको बताईएको छ ।


परिवारका अन्य सदस्यहरुलाई पनि कुकुरले टोकेको बताईएको छ ।
