बाजुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

Image
maya metro

बाजुरा – बाजुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। बिहीबार बेलुका बडिमालिका नगरपालिका-६ का जब्बरे खड्काकी छोरी १४ वर्षीया भावना खड्काको पोखरीमा डुबेर मृत्यु भएको हो।

प्रहरीका अनुसार गाउँ नजिकैको पोखरीमा उनी साथीहरुसँग नुहाउँने क्रममा डुबेकी थिइन्। पोखरीमा डुबेपछि गाउँलेले त्यहाँबाट केही समयमै निकालेका थिए। निकालेको केहीबेरमै उनको मृत्यु भएको बताईएको छ ।

nisarga