बूढीगङ्गामा आठ वटा वडाको मतगणना सम्पन्न हुँदा एमालेको अग्रता कायमै

padma

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिकाको मतगणना आठ वटा वडाको सम्पन्न भएको छ । वडा नम्बर १,२,३,४,७ ८,९ र १० को मतगणना हुँदा प्रमुख र उपप्रमुखमा एमालेको अग्रता रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा ७८० मतको अन्तर रहेको छ । प्रमुखमा नेकपा (एमाले)का रामबहादुर बानियाँको तीन हजार ८८१ र नेपाली कांग्रेसका रङ्गबहादुर खातीको तीन हजार १०१ मत छ ।

Shikhar Dental

त्यसैगरी उपप्रमुखमा पनि नेकपा (एमाले)की माया कुँवरको ३ हजार ७५३ र कांग्रेसकी रीता शाहीको तीन हजार १५३ मत रहेको छ ।आठ वटा वडाको मत गणना सम्पन्न हुँदा पाँच वडाको अध्यक्ष पदमा एमाले विजयी भएको छ । भने तीन वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

वडा नं १ रणबहादुर थापा वडा नं १० मा दलबहादुर साउँद वडा नं २ मा पदम भण्डारी वडा नं ३ खडक अधिकारी वडा नं ९ को मीनबहादुर सिह एमालेबाट विजयी भएका छन् । वडा नं ४ मा नेपाली काँग्रेसका मीन शाह वडा नं ७ मा भुवनसिंह केसी वडा ८ मा नेपाली काँग्रेसका रमेश रावल वडा अध्यक्षमा विजयी भएका छन् ।

अहिले सम्म सात हजार ४१७ मत गणना भएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.