बैतडी – बैतडीमा उमेर बढाएर सामाजिक सुरक्षा भत्ता लिएका १६ जना मध्ये दुई जनाले भत्ता फिर्ता गरेका छन् ।
जिल्लाको डिलाशैनी गाउँपालिकाका एकजना र मेलौली नगरपालिकाका एकजनाले सामाजिक सुरक्षा भत्ता फिर्ता गरेका हुन् ।



एकजनाले भत्ता मात्रै फिर्ता गरेका छन् भने अर्का एकजनाले भत्ता सहित नागरिकता ऐन अनुसारको जरीवाना तिरेर नागरिकताको प्रतिलिपि लिएका छन् ।
आफूले लिएको भन्दा दोब्बर भत्ता फिर्ता गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
राष्ट्रिय परिचय पत्र विवरण संकलनका क्रममा तथा जिल्ला प्रशासन कार्यालयमा आएको गुनासोको आधारमा अनुसन्धान गर्दा बैतडीमा १६ जनाले आफूखुसी नागरिकतामा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिइरहेको फेला परेको थियो ।
बाँकी रहेका १४ जनामाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको सूचना अधिकारी भारतीले बताए । उनीहरुले अहिले सम्म लिएको सामाजिक सुरक्षा भत्ताको दोब्बर रकम असुल गरिने बताइएको छ ।
