मंकीपक्सका बिरामी बढेपछि स्वास्थ्य संकटकाल घोषणा

padma

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ।​ मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको हो।

Shikhar Dental

डब्लुएचओको शनिबार बसेको बैठकमा महानिर्देशक डा टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै आपतकाल घोषणा गरिएको जनाएका छन्। डा. टेड्रोसका अनुसार आपत्कालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन ।डब्लुएचओका अनुसार मंकीपक्सका कारण हालसम्म विश्वभर कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ।

संक्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकाहरूलाई बचाउन आवश्यक कदम चाल्न जरुरी डब्लुएचओले जनाएको छ।

एजेन्सी

Nawadurga
Leave A Reply

Your email address will not be published.