भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले आज शपथ लिँदै

padma

भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले आज सर्वोच्च संवैधानिक पदको शपथ लिने भएकी छिन् । मुर्मू आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला बनेकी हुन् ।

भारतको केन्द्रीय गृह मन्त्रालयले शपथ ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार बिहान सवा १० बजे हुने जनाएको छ ।

Shikhar Dental

शपथ पछि मुर्मूलाई २१ तोपको सलामी दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि मुर्मूले राष्ट्रका नाममा सम्बोधन गर्ने बताईएको छ । उनले आजै पदभार ग्रहण गर्नु हुने पनि खबरमा उल्लेख गरिएको छ ।

सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् ।

सन् १९५८ को जुन २० तारिखमा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा जन्मिएकी मुर्मू झारखण्डको अल्पसङ्ख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्नुहुन्छ । उनले सन् २०१५ देखि सन् २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गरेकी छिन् ।

पारिवारिक जीवनमा निकै सङ्कट भोगेकी मुर्मूले ४ वर्षको अवधिमा श्रीमान् र २ जना छोरा गुमाएकी थिईन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.