Attariya Hospital Pvt.Ltd.

बैतडीमा गाउँमै सामाजिक सुरक्षा भत्ता

padma
milan sunchadi

बैतडी – बैतडीको मेलौली नगरपालिकामा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ। मेलौलीमा रहेको एनसीसी बैंकका कर्मचारी र नगरपालिकाका कर्मचारीहरूले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका हुन्।

भौगोलिक बिकटता र वर्षादको समयमा बैंकमा पुगेर भत्ता लिन असहज हुने भएकाले गाउँमै पुगेर भत्ता दिने व्यवस्था मिलाइएको मेलौली नगरपालिकाका नगर प्रमुख भीमबहादुर चन्दले जानकारी दिए। कार्यपालिकाबाट समेत टोलमै गएर भत्ता वितरण गर्ने निर्णय गरिएको र सोहीअनुरूप टोलमै पुगेर भत्ता दिन लागिएको उनले बताए।

बुधबार वडा नं १ र ३ का टोलहरूमा भत्ता वितरण गरिएको थियो। गाउँमै भत्ता प्राप्त गरेपछि सेवाग्राही खुसी भएका छन्।

Siddi ganesh

बैतडीका अधिकांश ठाउँमा वृद्धवृद्धा र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लक्षित वर्गहरूका लागि बैंकिङ प्रणाली असहज भइरहेको छ। भौगोलिक विकटता, यातायातको असुविधाका कारण असहज हुँदै आएको गुनासो बढ्ने गरेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.