अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

Image
फाईल फोटो
maya metro

अछाम – अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

पन्चदेवल बिनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडा बस्ने ४० वर्षीया मान्मा बिकको कुटाइबाट मृत्यु भएको हो।

nisarga

श्रीमान ४८ वर्षीय पहेलु कामीले गएराति कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्ररही कार्यालय अछामले जनाएको छ।

प्रहरीले फरार पहेलु कामीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ।