

बैतडी – बैतडीमा धारीलो हतियार प्रहार गरी छोराले बाबुको हत्या गरेका छन् ।
जिल्लाको डिलासैनी गाँउपालीका ५ सेराका २१ वर्षीय लोकेन्द्र जाशीले आज बिहान ५ बजेको समयमा धारीलो हतियार ( बन्चरो ) प्रहार गरी ७० वर्षीय बाबु अन्तरामको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बन्चरो प्रहारले वृद्धको टाउको र शरीर अलग भएको छ । लोकेन्द्र परिवारका एक्ला छोरा हुन् ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
