गाउँपालिकाका अध्यक्षले दिए श्रीमतीलाई भान्सेको जागिर

Image
maya metro

धनगढी – अछाममा एक गाउँपालिकाका अध्यक्षले आफ्नी श्रीमतीलाई भान्सेको जागिर दिएका छन्।

जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आफ्नी श्रीमतीलाई जागिर खुवाएका हुन्। अध्यक्ष साउँदको ठाडो निर्देशनमा उनीकी श्रीमती जयसरा साउदलाई विज्ञापन बिना (कार्यालय सहयोगी) भान्से पदमा नियुक्त गरिएको हो।

nisarga

जयसरालाई करार सेवा अन्तरगत जेठ १५ गतेदेखि लागू हुनेगरि मंसिर १५ गतेसम्म (६ महिना) का लागि नियुक्त गरिएको छ। जयसराले मासिक २१ हजार ३ सय तलव र वार्षिक १० हजार पोशाक भत्ता दिइने जनाइएको छ। अहिले करारमा अध्यक्षले आफ्नै श्रीमतीलाई जागिर दिएको भन्दै आलोचना भइरहेको छ।

गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले पालिका अध्यक्षले नै करारमा भान्से नियुक्त गर्न लगाएको बताएका छन्। आफूलाई पनि सजिलो हुने बताएपछि उनकै श्रीमतीलाई भान्से राखिएको उनले बताए।

यस्तै गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले भने यो हल्लाको विषय मात्रै भएको बताए।