बाजुराकी २ गर्भवतीको हेलिक्पटरबाट उद्धार

Image
maya metro

बाजुरा – बाजुराबाट एकै दिन दुई गर्भवती महिलाको हवाई उद्धार गरिएको छ।

४ दिनदेखि सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की ३२ वर्षीया जेनि राई नाथ र बुढीनन्दा नगरपालिका २ की मनु रेग्मी पाध्यायको उद्धार गरिएको हो।

nisarga

जेनीलाई अछामको साफेँबगरबाट उद्धार गरिएको हो भने मनुको कोल्टीबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुको उद्धार गरिएको हो।