सुदूरपश्चिमका २ प्रहरी प्रमुख फेरिए

Image
maya metro

अत्तरिया – नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन्।

प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै जेठ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको हो। योसँगै सुदूरपश्चिम प्रदेशको बैतडी र बझाङमा नयाँ प्रहरी प्रमुख आउने भएका छन्।

nisarga

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी रमेशबहादुर पालको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन शाखामा सरुवा भएको छ।

उनको ठाउँमा पश्चिम नवलपरासीमा कार्यरत प्रेमबहादुर शाही आउने भएका छन्।

यस्तै बझाङका प्रहरी प्रमुख ज्ञानबहादुर विष्टको मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंमा सरुवा भएको छ। उनको ठाउँमा धादिङमा कार्यरत जागेश्वर भण्डारी आउने भएका छन्।