Attariya Hospital Pvt.Ltd.

मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडियो

padma
milan sunchadi

काठमाडौं – गायिका मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडिएको छ। मेलिनाले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू छुट्टिने निर्णय गरेको कुरा सार्वजनिक गरेकी हुन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक संजालमार्फत घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भए पनि जिन्दगीको बारेमा लामो बिमर्श भयो। धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो।’

आफूहरूबीच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थालेपछि छुट्टिने निर्णय गरेको उनले उल्लेख गरेकी छन्। मेलिनाले सबै इंगेजमेन्ट विवाहमा परिणत हुनै पर्छ भन्ने नरहेकाे बताएकी छन्। साथै उनले आफ्ना शुभचिन्तकहरूमा पर्न गएकाे भावनात्मक असरप्रति क्षमा पनि मागेकी छन्। गत वैशाखमा मेलिनाले आफ्नाे दुई वर्षदेखिकाे प्रेम सम्बन्ध खुलाउँदै छिटै विवाह गर्ने जानकारी दिएकी थिइन्।

Siddi ganesh

Nawadurga
Leave A Reply

Your email address will not be published.