Attariya Hospital Pvt.Ltd.

भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित

padma

काठमाडौं – भारतको नयाँ उपराष्ट्रपतिमा पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर शनिबार निर्वाचित भएका छन्।

Shikhar Dental

उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरे। १५ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए। पन्ध्र मत रद्द भएको उनले बताए।

नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो। बंगालको पूर्वगभर्नरसमेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो।

om

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भइसकेकी छन्। उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बनेकी हुन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.