भारतबाट सुन चोरीे प्रकरणमा बैतडीका दुई जना पक्राउ

Image

अत्तरीया – भारतबाट सुन चोरी गरिएको प्रकरणमा थप दुई जनालाई प्ररीले पक्राउ गरेको छ । भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा उनीहरलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार अहिलेसम्म जम्मा ६ जनालाई समातेर अनुसन्धान चलिरहेको छ ।

आज अथार्त सोमबार पक्राउ गरिएका २ जना बैतडीका भएपनि उनीहरुको अन्य पहिचान भने खुलाइएको छैन । ती दुवै जना भारतबाट सुन चोरेर नेपाल ल्याउने कार्यमा संलग्न रहेको प्रहरीको भनाई छ ।

यस अघि उक्त घटनामा संलग्न रहेको आरोपमा धनगढीका सुन व्यवसायी सन्तोष लामिछानेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु पञ्जावमा भएको एक करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने सुन चोरीको घटनामा संलग्न रहेको प्रहरीले बताएको छ ।