बैतडीमा तीन वर्षको अवधिमा सम्बन्ध विच्छेदका ८५ मुद्दा दर्ता

Image
maya metro

बैतडी – बैतडीमा तीन वर्षको अवधिमा सम्बन्ध विच्छेदका ८५ वटा मुद्दा दर्ता भएका छन्। जिल्ला अदालत बैतडीका स्रेस्तेदार जनक बोहराका अनुसार आर्थिक वर्ष २०७८।७९ मा सम्बन्ध विच्छेदका ३४ वटा मुद्दा दर्ता भएका हुन्। तीमध्ये २९ मुद्दा फर्छ्यौट भइसकेका र ५ वटा फर्छ्यौट हुन बाँकी रहेका छन्।

आर्थिक वर्ष २०७६।७७ मा सम्बन्ध विच्छेदका २५ वटा मुद्दा दर्ता भएका थिए। यस्तै आर्थिक वर्ष २०७७।७८ मा २६ मुद्दा दर्ता भएको जिल्ला अदालतको तथ्यांक छ।
यो तीन वर्षको तथ्यांक हेर्दा यहाँ सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन्। शुद्ध सम्बन्ध विच्छेद नभएर अंश जोडिएर आएका सम्बन्ध विच्छेदका मुद्दा रहेका बोहराको भनाइ छ। सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउने पुरुषको भन्दा महिलाको संख्या बढी रहेको अदालतले जनाएको छ।

nisarga

महिलालाई पुरुष सरह अवसर प्रदान नगरिनु, परम्परागत दृष्टिकोण कायम रहनु लगायतका कारणले अहिले सम्बन्ध विच्छेदका मुद्दा बढेका र पुरुषको हकमा पनि देवानी संहिताले सम्बन्ध विच्छेदका लागि सिधै अदालतसम्म पुग्ने बाटो खुला गरेकाले अहिले पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउन थालेका हुन्।