
बैतडी – महाकाली नदीमा नुहाउने क्रममा बगेर बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । दशरथचन्द नगरपालिका ८ की १५ बर्षीया संगीता टमाटा र सोही ठाउँकी १६ बर्षीया कविता टमाटा बगेर बेपत्ता भएका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।
शुक्रबार दिउँसो १ बजेतिर महाकाली नदी किनार नगतडी भन्ने ठाउँबाट उनीहरु नुहाउने क्रममा बगेको भएको भारतीले बताए । घटना दिउँसोको भएपनि ढिलो जानकारी आएको बताइएको छ ।

बेपत्ता किशोरीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।













