महाकालीमा बेपत्ता भएका दुई किशोरी अझै भेटिएनन्

Image
maya metro

बैतडी – महाकाली नदीमा दुई दिनदेखि बेपत्ता भएका दुई किशोरी अझै भेटिएका छैनन्।

दशरथ चन्द नगरपालिका– ८ सांगडीका १५ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटाको अवस्था अझै अज्ञात रहेकाे बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

nisarga

उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। उनीहरू शुक्रबार दिउँसो २ बजे नुहाउने क्रममा महाकाली नदीस्थित मौराबाट बेपत्ता भएका थिए। खबर पाएसँगै उनीहरूको खोजीका लागि साँझ पौने ७ बजे प्रहरी परिचालन भएका थिए।

‘महाकाली नदी तटीय क्षेत्रको बैतडीसहित डडेलधुरा र कञ्चनपुरका साथै भारतीय सीमा सुरक्षा बललाई पनि खोजी गरिदिन भनेको भारतीले जानकारी दिए।

दुवै किशोरी राजकीय इन्टरकलेज झुलाघाट भारतमा कक्षा १० मा अध्ययनरत थिए।