
बैतडी – जिल्ला प्रहरी कार्यालय बैतडीको प्रहरी प्रमुखमा प्रहरी नायव उपरिक्षक ( डीएसपी ) प्रेम बहादुर शाही जिल्लामा हाजिर भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) बाट बैतडीको प्रहरी प्रमुखमा सरुवा भएर आएका शाही सोमबार हाँजीर भएका हुन् ।

जिल्ला प्रहरीकार्यालयको वस्तुस्थितिको जानकारी समेत लिई आन्तरिक सुरक्षा व्यवस्था सुधृढ बनाई अपराध नियन्त्रण, विपद् व्यवस्थापन, लगायतका कार्यहरु सक्षमतापूर्वक निर्वाह गर्न प्रहरी प्रमुख शाहीले बताए ।














