बलात्कार आरोप लागेका क्याम्पस प्रमुख कारागार चलान

Image
maya metro

बैतडी – बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ। जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रमुख डिएसपी (प्रहरी नायव उपरीक्षक) प्रेमबहादुर शाहीले जानकारी दिए।

कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ। गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो।

nisarga

आफूमाथि जबरजस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबरजस्ती करणी मुद्दा दर्ता गराएकी थिइन्।

आरोप लागेपछि नेगी गत साउन पहिलो साता आफैं जिल्ला प्रहरी कार्यालय पुगेका थिए। आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले यसअघि असार २७ गते पदबाट राजीनामा दिएका थिए।