बैतडीमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार, नवजात शिशुको मृत्यु

Image
maya metro

बैतडी – बैतडीमा सुत्केरी हुन नसकेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिगास गाउँपालिका– ६ स्थित थालाकाँडा स्वास्थ्यचौकीबाट २० वर्षीया गर्भवती विन्दु धामीको आज बिहान ११ बजेतिर उद्धार गरिएको हो। शनिवार देखी सुत्केरी बेथा लागेकी धामी सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेतस्थित प्रादेशीक अस्पताल लगिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

दुर्गममा रहेको सिगास गाउँपालिकाबाट जिल्ला अस्पताल ल्याउनको लागि समय धेरै लाग्ने भएकोले सेनाको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेतको अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । अस्पताल पु¥याएकी सुत्केरी महिलाको लामो व्यथाका कारण शिशुको मृत्यु भएको छ। डाक्टरले शिशुको गर्भमै मृत्यु भएको जानकारी दिएको सुत्केरी महिलाका श्रीमान दिपेन्द्र धामीले जानकारी दिए। हवाई उद्धारले सुत्केरीको ज्यान जोगिएको भएपनि शिशुको भने मृत्यु भएको बताए। उनले भने ‘लामो व्याथाका कारण शिशुको गर्भमै मृत्यु भएको छ।

nisarga

सुत्केरीको पनि गम्भीर अवस्था रहेको र उपचार भइरहेको छ ।’महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सुत्केरी हवाई उद्धार कार्यक्रमले सुत्केरी महिलाको ज्यान जोगिएको भएपनि शिशुको भने मृत्यु भएको छ । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको सिगासमा यातायातको सहज पहुँच नहुँदा सुत्केरी महिलाहरुले समस्या भोग्दै आएका छन् । यद्यपि जिल्ला अस्पताल बैतडीमा जटीलतायुक्त प्रसुतीका लागि शल्यक्रिया सेवा भएपनि यातायातको अभावमा पहुँच पुग्न सकेको छैन् ।