प्राज्ञिक विद्यार्थी परिषद् द्धारा बझाङका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

Image
maya metro

बझाङ – प्राज्ञिक विद्यार्थी परिषद्ले बझाङका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

परिषद्ले बझाङ जिल्लाको जयपृथ्वी नगपालिकामा रहेको श्री पाण्डु माध्यमिक विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

nisarga

जस्मा प्रति विद्यार्थी व्याग, ५ वटा कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायत रहेका थिए ।

उक्त कार्यक्रममा प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद् नेपालका राष्ट्रिय जनजाति कार्य प्रमुख एवम् सुदूरपश्चिम प्रदेश संगठन सचिव चन्द्रशेखर जोशी, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जयपृथ्वी नगरका नगर प्रमुख चेतराज बजाल लगायत विभीन्न संघ सँस्थामा आवद्ध व्यत्तिहरुको उपस्थीती रहेको थियो ।