
बाजुरा – बाजुरामा लामो समय देखि अवरुद्ध बन्दैगएका ग्रामीण सडक यतिबेला स्थानीय तहले पुन सञ्चालनमा ल्याउने भएका छन् । बाजुुराका नौ वटै स्थानीय तहमा हिउँदमा सुचारु हुँदैआएका सडक गत असारको पहिलो साताबाट अवरुद्ध बन्दै आएका थिए ।
बर्खाको समय यातायातको सास्ती खेप्दै आएका बाजुराका स्थानीयबासी यतिबेला गाउँका सबै ग्रामीण सडक सुचारु हुने भएपछि निकै हर्षित बनेका छन् । बाजुराका नौ वटै स्थानीय तहले यातायातमा सहज हुनेगरी यतिबेला गाउँका सबै ग्रामीण सडक सञ्चालनमा ल्याउने भएपछि स्थानीयबासी पनि खुसी छाएको हो ।

छेडेदह गाउँपालिका र जवाग्यश्वरीका स्थानीयवासीहरुको मुख्य कृषि पेशा आलु खेती हो । आलुले असार साउनमा राम्रो बजार लिने गथ्र्यो । लामो समय बाटो अवरुद्ध हुँदा गाउँमा उत्पादन भएका आलु स्थानीयले बजारसम्म लैजान सकेका छैनन् ।
स्थानीय तहले भदौबाट बाटो सुचारु गर्ने भएपछि यसले काँडा र जयवाग्यश्वरीका कृषकलाई पनि आलु बजारसम्म ढुवानी गर्न निकै सहज हुने भएको छ । जिल्लाको पूर्वीउत्तर क्षेत्र हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा नगरपालिका लगायतका ग्रामीण सडक पनि लामो समयसम्म अवरुद्ध बन्दै आएका छन् ।














