धनगढीको एसपीएमा तिज विशेष कार्यक्रम सम्पन्न

Image
maya metro

अत्तरिया – धनगढीको एसपीए क्याम्पसमा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

थारु समुदायले मनाउने अट्वारि पर्वको अवसरमा क्याम्पसमा ने वि संघ इकाई कमिटी तथा स्मार्ट एस्पीएन् गल्स द्वारा आयोजित तिज विशेष कार्यक्रम सम्पन्न भएको हो ।

nisarga

महिलाहरूको महान पर्व हरितालिका तिजको शुभकामना आदान प्रदान गर्न र विद्यार्थी हरुमा भएका प्रतिभाहरुलाई स्थान दिनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा नृत्य प्रतियोगिता, दर खाने कार्यक्रम, सम्मान कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम रहेको थियो।

कार्यक्रममा एसपीएमा विगत लामो समय देखि कार्यालय सहयोगी को रुपमा कार्यरत लक्ष्मी ठकुल्ला त्यसैगरी विधार्थीको तर्फबाट एसपीए विद्यार्थी काउन्सिलकी उपाध्यक्ष हेमा पनेरुलाई सम्मान गरीएको ने वि संघ ईकाई कमिटिका सभापति हितेश विक्रम चन्दले बताएका छन् ।