संगीतकार संघको अध्यक्षमा चेतन सापकोटा

Image
maya metro

काठमाडौं – संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा चुनिएका छन् । काठमाडौंमा शनिबार सम्पन्न ११ औं साधारण सभाले सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा र द्वितीय उपाध्यक्षमा राजन ईशान चयन भएका छन् ।

nisarga

यसैगरी महासचिवमा महासचिव बसन्त सापकोटामा, सचिवमा प्रह्लाद बोगटी र कोषाध्यक्षमा राजेश थापा छन् ।

सदस्यहरुमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी, शंकर स्माइल र दिनेश बान्तवा चयन भएका छन् ।

कार्यक्रममा अनलाइनखबर डटकमका पत्रकार विष्णु शर्मालाई ११ हजार १११ रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । यस्तै बाल प्रतिभा पुरस्कार यस बर्ष बाल गायिका पुजा देवकोटा र बाल गायक सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिएको छ ।