क्रिकेट कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी

Image
maya metro

काठमाडौं –  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरीमा उजुरी परेको छ।

काठमाडौंको एक कलेजमा अध्ययनरत किशोरीले मंगलबार साँझ काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी हुन् ।

nisarga

प्रहरीका अनुसार गत ५ भदौमा काठमाडौंको एक होटेलमा सँगै बसेको र त्यहाँ आफूमाथि बलात्कार भएको पीडित किशोरीको दाबी छ ।

क्रिकेटर सन्दीप हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिजमा छन्। जाहेरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।