
बझाङ – नेकपा एमालेले बझाङबाट प्रतिनिधिसभा सदस्यका लागि ऐन महरसहित तीन जनाको नाम सिफारिस गरेको छ।
एमाले बझाङले महरसहित जिल्ला कमिटी सदस्य महेश भट्टराई र जुना जाग्रीको नाम पनि सिफारिस गरेको छ। जिल्ला कमिटीको अभिमतको आधारमा उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरेकोे पार्टीका जिल्ला सचिव आनन्दलाल विश्वकर्माले बताए।

समानुपातिकतर्फ जिल्ला सचिव विश्वकर्मा लगायत ११ जनाको नाम सिफारिस गरिएको छ। जसमा आनन्दलाल विश्वकर्मा, अर्जुन थापा, जनकराज जोशी,राधा कुमारी विष्ट, भागरथी अवस्थी (जोशी), धनलक्ष्मी खत्री, सरिता कुमारी भण्डारी(खड्का), शंकर रसाइली, धर्मराज बोहरा, विजयराज श्रेष्ठ र डा.चेतराज जोशीको नाम सिफारिस गरिएको छ।














