गोदावरी नगरपालिकामा सुदूरपश्चिममै पहिलो पटक वर्गिकरण सहितको परिचय पत्र वितरण सुरु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा सुदूरपश्चिममै पहिलो पटक वर्गिकरण सहितको परिचय पत्र वितरण सुरु गरिएको छ ।

शनिबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिका – ३ का किसानलाई वर्गिकरण सहितको परिचय पत्र वितरण गरेर उक्त कामको शुभारम्भ गरिएको हो ।

nisarga

कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले परिचय पत्र वितरण गरेका हुन । गोदावरीमा किसान १५ हजार ६ सय ६६ जना रहेकोमा

वडा नम्बर ३ मा विपीन्न वर्गका २८९ जना किसान रहेको राष्ट्रीय कृषक समुह महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाश थापाले बताए ।

राष्ट्रीय कृषक समुह महासंघ सुदूरपश्चिम प्रदेश र केयर नेपालले गोदावरी नगरपालीका संगको सहकार्यमा गोदावरी नगरपालीकाबाट उत्त कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

रातो,सेतो हरियो र निलो गरी चार प्रकारका कार्ड रहेका छन् । किसानको अवस्था हेरी सफ्टवयर मार्फत वर्गीकरण गरीएको अध्यक्ष थापाले बताए ।

आज पहिलो चरणमा २५ जना किसानले परिचय पत्र प्राप्त गरेका छन् । परिचय पत्र प्राप्त गरेका किसानले कार्डका आधारमा राज्यबाट पाउने कृषी सम्बन्धीको सेवा सुविधा पाउनेछन् ।