फेसबुकमा अपशब्द लेखि जातीय विभेद गर्ने प्रकाश चन्दलाई २ महिना कैद

Image
maya metro

बैतडी – सामाजिक सञ्जाल फेशबुकमा अपशब्द लेखि जातीय विभेद गर्ने पञ्चेश्वर गाउँपालिका- ४ का प्रकास चन्दलाई जिल्ला अदालत, बैतडीले दुई महिना कैद, पाँच सय जरीवाना र २५ जार क्षतिपुर्तिको फैसला सुनाएको छ ।

जिल्ला अदालत बैतडीका न्यायधीष जयानन्द पनेरुको भदौ २० गते बसेको इजलासले चन्दलाई उक्त सजाय सुनाएको हो ।

nisarga

जिल्ला अदालत बैतडीले भदौं २० गते फैसला गर्दै पञ्चेश्वर गाउँपालिका(४ का प्रकाश चन्दलाई दुई महिना थुना, २५ हजार क्षतिपुर्ति र ५ सय रुपैयाँ जरिवाना गरेको हो ।

आरोपी चन्दले २०७८ बैशाख ३ गते सामाजिक सञ्जाल फेसबुक मार्फत मेलौली नगरपालिका–५ का तत्कालीन वडा अध्यक्ष बलभद्र दयाललाई गालीगलौज गरेका थिए । उनले सामाजिक सञ्जालमा ‘नेपालमा दयाल भनेका डुम रहेछन कि ? जस्तै बलभद्र दयाल’ भन्दै लेखेका थिए ।

त्यसपछि दयालले बैशाख ७ गते उनीबिरुद्ध जाहेरी दिएका थिए । चन्द अहिले प्रहरीको फरार सूचिमा छन् उनी भारतमा बस्दै आएका छन् । उनि नेपाल आउने वित्तिकै गिरफ्तार गर्ने प्रहरीले जनाएको छ ।

यस्ताे लेखेका थिए चन्दले: