खप्तडको प्रवेशद्वार झिंग्रानामा पहिलो पटक पुग्यो बिजुली

Image
maya metro

दिपायल – भु–स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको छ । पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना र त्यस वरपरका गाउँमा बत्ती बलेपछि स्थानीयसँगै खप्तड जाने पर्यटकलाई पनि सहज हुने भएको छ ।

पूर्वीचौकी गाउँपालिको पहलमा विद्युत प्राधिकरण डोटी वितरण केन्द्रले राष्ट्रिय प्रसारणको थ्रीफेज विद्युत लाइन विस्तार गरेको हो । विस्तारित विद्युत लाइनको आइतबार पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले उद्घाटन गरेका छन् ।

nisarga

विद्युत विस्तार भएसँगै सो बाटो भएर खप्तड जाने पर्यटकसँगै त्यस वडाका ६० घरधुरी लाभान्वित हुने डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्र लाल देवले बताए ।