बाजुरामा एक महिला मृत फेला,हत्याको आशंका

Image
maya metro

बाजुरा – बाजुरामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। बाजुराको बुढीगंगा नगरपालिका–७ की २५ वर्षीया गोमा सार्की मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक गिन्द्र बोगटीले सार्की पासो लगाएको अवस्थामा भेटिएकी र घटनाबारे अनुसन्धान भइरहेको बताए।

मृतकका माइती पक्षले भने विगतदेखि नै श्रीमानश्रीमतीबीच मनमुटाव भइरहने गरेकाले हत्याको आशंका गरेका छन्।

nisarga

उनकी बहिनी रोशनी सार्कीले मृतकका श्रीमान देवेन्द्र सार्कीले दिदीसँग विगतदेखि नै झैझगडा गरिरहने भएकाले हत्या गरेको शंका भएकाले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेकी छन् ।

प्रहरीले भने अहिले नै घटनाबारे केही भन्न नसकिने र शव परीक्षणपछि धेरै कुरा खुल्ने बताएको छ। मृतकका दुई जना छोराछोरी रहेका छन् ।