अत्तरियामा भित्रीयो १० क्विन्टल विषादीयुत्त गोलभेडा

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको कृषि उपज थोक बजार केन्द्रको एक पसलमा रेड लेबल विषादी युक्त गोलभेडा फेला परेको छ ।

थोक बजारमा रहेको श्रीजना एण्ड रोसनी सप्लायर्सले मंगलबार हिजो उक्त गोलभेडा भित्र्याएको पाईएको हो ।

nisarga

रोल्पाबाट ल्याइएको १० क्विन्टल गोलभेडाको स्याम्पललाइ अत्तरियामा रहेको बिषादी अवशेष दुत बिश्लेषण इकाईले परिक्षण गर्दा रेड लेबल विषदी फेला परेको हो ।

 उक्त गोलभेडाको बुधबार स्याम्पल परिक्षण गर्दा रेड लेबल विषादी भेटिएको विषादी अवशेष द्रुत विश्लेषण इकाईका प्रमुख प्रमोद ठगुन्नाले जानकारी दिए ।

रेड लेबल युक्र विषादी भेटिएमा उक्त तरकारी खान उनले बताए । इकाईले गरेको स्याम्पल परिक्षणमा १० क्विन्टल गोलभेडा खान नमिल्ने देखिएपनि १७५ किलोग्राम मात्रै नष्ट गरिएको छ ।

एकाई प्रमुख ठगुन्नाका अनुसार बाँकी गोलभेडा भने रिपोर्ट आउनु अगाडी नै बजारमा बिक्री भइसकेको थियो ।