
अछाम – अछाममा रहेको बयालपाटा अस्पताल सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपालबिच सम्झौता भएको छ।
५० शय्या रहेको अस्पतालको दीर्घकालिन व्यवस्थापनसहित सञ्चालनका लागि प्रदेश सरकारले वार्षिक ९ करोड बजेट बिनियोजन गर्ने गरी ५ वर्षका लागि सम्झौता भएको अस्पतालका मेडिकल निर्देशक डा मन्दिप पाठकले बताए।
सामाजिक विकास मन्त्रालयका तर्फबाट वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्का र न्याय हेल्थ नेपालका तर्फबाट संस्थाका अध्यक्ष कुन्द दिक्षितले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

















