साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता

Image
maya metro

काठमाडौं –  दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल छैटौं पटक पनि उप-विजेतामै सीमित भएको छ।

आज भएको फाइनलमा नेपाललाई ३-१ गोलले पराजित गरी बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको छ।

nisarga

यसअघिका ५ वटा साफमा नेपाल लगातार फाइनलमा भारतसँग पराजित हुँदै उप-विजेतामा नै सीमित हुँदै आएको थियो। यसपटक नेपालले बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उप-विजेतामै चित्त बुझाएको छ ।