इन्टरनेटको समस्याका कारण बैतडीमा ई–राहदानी सेवा बन्द

Image
maya metro

बैतडी – बैतडीमा ई–राहदानी सेवा बन्द भएको छ। ई–राहदानी इनरोलमेन्ट तथा ई–राहदानी सर्भर कनेक्सनमा समस्या आएकाले ई–राहदानी सेवा बन्द भएको हो।

जिल्ला प्रशासन कार्यालय बैतडीले एक सुचना जारी गर्दै इन्टरनेट समस्याका कारण ई–राहदानी सेवा राहदानी विभागबाटै बन्द भएको जानकारी दिएको छ ।

nisarga

साथै अर्को सुचना नआउँन्जेल सम्मको लागी ई–राहदानी सेवा बन्द भएको जनाइएको छ ।