
धनगढी – धनगढीको एसटिएस सिनेमा हल अनिश्चितकालका लागि बन्द गरिएको छ। आज (आइतबार) देखि अनिश्चितकालका लागि बन्द गरिएको सिनेमा हल प्रशासनले जानकारी दिएको छ।
हलमा प्राविधिक समस्या आएकोले ‘सो’ क्यान्सिल गरेर हल बन्द गरिएको बताइएको छ। समस्या समाधानमा करीब एक हप्ता समय लाग्ने सिनेमा हल प्रशासनको दाबी छ। अहिले उक्त हलले ‘प्रेमगीत ३’ लगायतका चलचित्र लगाइरहेको थियो।































