
डोटी – डोटीमा भइरहेको प्रदेश स्तरिय खप्तड-शैलेश्वरि गोल्ड कप २०७९ अन्तर्गत भएको खेलको फाइनलकालागी भैरव प्रसाद गण र कैलाली बिच प्रतिस्पर्धा हुने भएको छ।
आइतबार सेमिफाइनलका लागी भएको खेलमा डडेल्धुरालाई ३-१ गोलले पराजित गर्दै कैलाली फाइनलमा प्रवेश गरेको हो।

त्यस्तै शनिबार डोटी र भैरव प्रसाद गण बिच भएको सेमिफाइनल खेलमा भैरव प्रसाद गणले डोटीलाई ५ -२ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।
सोमबार हुने फाइनल खेलकालागी भैरव प्रसाद गण र कैलाली बिच प्रतिस्पर्धा हुने छ। फाईनल खेल सोमबार दिँउसो २ बजे सिलगढी स्थीत टुँडिखेलमा हुनेछ ।
प्रतियोगितामा पहिलो हुनेले १ लाख र दोस्रो हुनेले५० हजारसहित ट्रफी र प्रमाणपत्र प्रँप्त गर्नेछन् । डोटीमा नेपाली सेनाको भैरवप्रसाद गण सिलगढी, दिपायल सिलगढी नगरपालिका–६ को कार्यालय र जिल्ला अस्पताल डोटीको आयोजनामा असोज ८ गतेदेखि खप्तड–शैलेश्वरी गोल्डकप २०७९ फुटबल प्रतियोगिता भईरहेको छ ।
















